दुई कम्पनीलाई साधारण शेयर बिक्रीको अनुमति

काठमाडाैं | माघ ५, २०८१

दुई कम्पनीलाई साधारण शेयर बिक्रीको अनुमति

काठमाडौं:    लामो समयदेखि रोकिदै आएको साधारण शेयर निष्काशनका लागि अनुमति दिने प्रक्रिया शुरु भएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डले दुई वटा कम्पनीलाई साधारण शेयर बिक्रीका लागि पछिल्लो पटक अनुमति दिएको छ । 


बोर्डले क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड र ओम मेगाश्री फार्मासिटिकल्सलाई साधारण शेयर बिक्रीका लागि अनुमति दिएको छ । 


बोर्डले क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सलाई रु २२ करोड ५० लाख मूल्य बराबरको २२ लाख ५० हजार  कित्ता साधारण शेयर बिक्री लागि यही माघ ३ गते अनुमति दिएको हो । सो कम्पनीको शेयर बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल रहेको छ । 


यस्तै, बोर्डले ओम मेगाश्रीलाई रु १८ करोड बराबरको १८ लाख कित्ता साधारण शेयर बिक्रीका लागि अनुमति दिएको छ । सो कम्पनीको शेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । बोर्डले दुई वटा कम्पनीको रु ८५ करोड ५० लाख मूल्य बराबरको ८५ लाख ५० हजार कित्ता साधाण शेयर बिक्रीका लागि अनुमति दिएको हो । 


यस्तै, बोर्डले साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्काशन तथा कारोबार नियमावली लागू गरेको छ । सो नियमावली लागू भएसँगै साना तथा मझौला संस्थालाई साधारण शेयर बिक्रीका लागि मार्ग प्रशस्त भएको छ । शेयर बजारको विस्तारका लागि यो नियमावली महत्वपूर्ण रहेको छ । 


बोर्डमा हालसम्म रु ५१ अर्ब ११ करोड २४ लाख एक हजार छ सय ३२ मूल्य बराबरको ३५ करोड ५० लाख ३७ हजार दुई सय ८५ कित्ता साधारण शेयर बिक्रीका लागि आवेदन परेको छ । 

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ।   सोमबार अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्...

थप पढ्नुहोस्

पोखरा — ​कास्कीको अन्नपूर्ण गाउँपालिका–३ धारापानीबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।   पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका–३ धारापानी बस्ने २७ वर्षीय सन्देश परिया...

थप पढ्नुहोस्

सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु भएको छ।   पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...

थप पढ्नुहोस्